arrow

रहेनन् पाकिस्तानी पूर्वराष्ट्रपति मुसर्रफ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
pervez musharraf.jpg

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको ७९ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । लामो समयदेखि बिरामी रहेका मुसर्रफको युएईको दुबईमा उपचारका क्रममा निधन भएको हो । मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए । 

पछिल्लो समय उनलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएका थिए । त्यसपछि मुसर्रफ निर्वासनमा बस्दै आएका थिए । लाहोर उच्च अदालतले देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो ।  

२००१ को जुनमा उनले सैन्य प्रमुख रहँदै आफूलाई राष्ट्रपति घोषणा गरेका थिए भने सन् २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराउँदै मुशर्रफ पाँच वर्षका लागि राष्ट्रपति बने ।

उनले २००७ को अक्टोबर-नोभेम्वरमा फेरि राष्ट्रपतिको चुनाव जिते पनि सर्वोच्चले बदर गरिदियो । 

यसपछि उनले देशमा संकटकाल लागु गरेर मुख्य न्यायाधीश जस्टिस इफ्तिखार चौधरीको ठाउँमा एक नयाँ मुख्य न्यायाधीश नियुक्त गरे । जसले उनको चुनावलाई वैधानिकता दिए ।

मुशर्रफले २००८ अगष्टमा पाकिस्तानका दुई मुख्य पार्टीले उनका विरुद्ध महाअभियोग लैजाने निर्णय गरेपछि उनले राष्ट्रपतिबाट राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ