arrow

रास्वपा सरकारबाट हट्ने, समर्थन कायमै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
rsp-rastriya-swatantra-party-meeting-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारबाट बाहिरिने भएको छ । आज केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । नेताहरुका अनुसार मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको छ ।

नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णय गरेको हो ।

यो निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ