arrow

रविले आक्रोश पोखे मिडियामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
ravi-lamichhane-2079-10-22.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि आफू महाभारतको अभिमन्यु नभएको बताएका छन् । आज गरेको पत्रकार सम्मेलनमा बोल्दै रविले आफू महाभारतको अभिमन्यु नभएको भन्दै आफू युद्धको घेराबन्दीमा परेपछि उम्कन पनि जानेको बताए । 

उनले आफूलाई नेताहरुदेखि संचारकर्मी सबैले घेरामा पारेर पराजित गर्न खोजेको आरोप लगाए । रवि लामिछानेले चितवनका चितवनवासीप्रति क्षमा माग्दै भने, ‘मैले दुःख दिएको छु क्षमा चाहन्छु । के मलाई भारी मतले जिताउने मतदाताको नागरिकता पनि फर्जी थियो ?’

आफूले गृह मन्त्रालय छाड्नु परेकोमा अलिअलि रिस लागेको भन्दै उनले नेपाली पत्रकारिता गलत तरिकाले चलेको आरोपसमेत लगाए । रविले सम्पादकहरुलाई हेपेर बोल्दै सम्पादकका श्रीमतीहरुलाई सम्पादकको मोबाइल चेक गर्न पनि आग्रह गरे । 

उनले ‘कहिलेकाहिँ जोकर भएन भने सर्कस चल्दैन भन्छन् त्यस्तै हो’ भन्दै उनले ऋषि धमलालाई हेपेर बोले । 

सामाजिक संजालले नै अहिलेको सरकार चलेको भन्दै उनले रविन्द्र मिश्रसँग पनि उनले आक्रोश पोखे । 

उनले आफूलाई पूर्वगृहमन्त्रीको रुपमा कुनै पनि सुरक्षा नचाहिने पनि बताएका छन् । उनले पटक पटक नेपालका मिडिया टाइकुनमाथि पनि आक्रोश पोखेका छन् । उनले पत्रकारलाई संजय बन्ने कि नारद बन्ने स्पष्ट हुन आग्रहसमेत गरेका छन् । 

रविले कुनै पनि मिडियाले आफ्नो बारेमा गलत समाचार सम्प्रेषण गरेमा त्यो कार्यालयमा गएर धर्ना बस्नेसमेत बताए । 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिलेर काम गर्न चाहेको भन्दै एजेन्टहरु पठाउँदा र यहाँका एजेन्टहरुसँग काम नगर्न आग्रह गरेका छन् । उनले हिन्दी र अंग्रेजी दुवै भाषामा बोलेर मोदीलाई सम्बोधन गरेका थिए । 

उनले भारतलाई गाली नगरेसम्म राष्ट्रवादी भइँदैन भन्ने भ्रम पनि नेपालमा छरिएको पनि मोदीसँग सिधा कुरा गर्ने पनि बताए । 

उनले आफूलाई पासपोर्ट काण्डमा फसाउन सकिन्छ भनेर लाग्नेहरुलाई चुनौतीसमेत दिएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ