arrow

७.८ रेक्टर स्केलको भूकम्पले चार देशमा असर, टर्किएमा सबैभन्दा बढीको गयो ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
earthquake-turkey.jpg

काठमाडौं । टर्किएमा आज बिहान गएको ७.८ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति भएको छ । टर्किएको राजधानी अंकारा, नूरदगी शहरसहित १० बढी शहरमा भूकम्पको धक्का महसुस गरिएको थियो । 

त्यस्तै छिमेकी देशहरु सिरिया, लेबनन र इजरेलमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचार एजेन्सी एएफपीले जनाएको छ । 

अहिलेसम्म टर्किएमा ७६ जनाको मृत्यु भइसकेको छ । कम्तीमा ४४० जना घाइते भएका छन् । त्यस्तै सिरियामा ४२ जनाको ज्यान गएको छ भने दुई सय बढी घाइते भएका छन् । 

अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार लगातार तीन ठूला भूकम्पका धक्का महसुस गरिएको थियो । पहिलो भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको गाजियान्टेप शहरबाट ३० किलोमिटर टाढा रहेको थियो । जमीनबाट करिब २४ किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प स्थानीय समयअनुसार बिहान ४ः१७ बजे गएको थियो । 

त्यसको ११ मिनेटपछि नै ६.७ रेक्टर स्केलको भूकम्प जमीनबाट मात्र ९.९ किलोमिटर तल भएर गएको थियो । 

त्यसको १९ मिनेटपछि फेरि ५.६ रेक्टर स्केलको भूकम्प गएको थियो । 

भूकम्पका कारण घर तथा भवन भत्केर थुप्रै पुरिएको आशंका गरिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार भूकम्पको केन्द्रविन्दु वरिपरि सिरियाली शरणार्थी रहँदै आएका छन् । 

विश्वमै सबैभन्दा बढी शरणार्थी यही क्षेत्रमा रहँदै आएका छन् । जसमा सिरियाका मात्रै ३५ लाख रहेको अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ