arrow

पूर्वराष्ट्रपति मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने

logo
सिन्ह्वा,
प्रकाशित २०७९ माघ २३ सोमबार
pervez-musharraf.jpg

इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको शव सोमबार स्वदेश ल्याइने भएको छ ।

सन् २०१६ मा स्वास्थ्य समस्या देखिएपछि पाकिस्तानबाट दुबई पुगी  निर्वासनमा रहँदै आएका पूर्व सैनिक शासक मुसर्रफको ७९ वर्षको उमेरमा दुबईमा निधन भएको थियो । पाकिस्तानी वरिष्ठ अधिकारीहरुले उनको शव सोमबार स्वदेश फर्काइने र अन्त्येष्टि गरिने बताएका छन् ।

मुसर्रफले सन् १९९९ मा रक्तपातरहित ’कू’ गरेर सत्ता कब्जा गरेका थिए । संयुक्त राज्य अमेरिकामा सेप्टेम्बर ११ को हमला हुँदा उन पाकिस्तानको सेना प्रमुख, प्रमुख कार्यकारी र राष्ट्रपतिको रूपमा काम गरिरहेका थिए ।
 
जनरलले दुई पटक पाकिस्तानी संविधान निलम्बन गरेको, जनमत संग्रहमा धाँधली गरेको र आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको थियो । साथै उनको लगभग नौ वर्षको शासनकालमा विपक्षीहरूलाई गोलमा हालेर अधिकारको व्यापक उल्लङ्घन गरेको आरोप पनि लगाइने गरेको छ ।

ब्रुकिङ्स इन्स्टिच्युसनकी विश्लेषक मदिहा अफजलले एएफपीसँग भने, “अन्ततः उनले पाकिस्तानीहरूमा प्रत्यक्ष सैन्य शासनको गहिरो अरुचि साथ बहिर्गमन गरेका थिए ।

पाकिस्तानी सेनाले उनबाट सिक्दै अहिले पर्दा पछाडि धेरै शक्ति प्रयोग गरेपनि यो फेरि प्रत्यक्ष रूपमा सत्तामा रहन चाहँदैन ।

उनको कार्यकालमा पाकिस्तानलाई विदेशी सहायताको ठूलो प्रवाह भएको थियो र यसले अर्थव्यवस्थालाई बलियो बनाएको थियो ।

मुसर्रफ ‘एमाइलोइडोसिस’ नामक दुर्लभ रोगबाट पीडित हुनुहुन्थ्यो । गत ग्रीष्मऋतुमा उनको परिवारले उनलाई निको हुने कुनै सम्भावना नरहेको बताएको थियो ।

सेनाको सञ्चार शाखाले आइतबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा जनरल परवेज मुसर्रफको निधन भएको र वरिष्ठ सैन्य प्रमुखहरूले समवेदना व्यक्त गरेका सूचना सार्वजनिक भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ