- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान टर्किएमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे दक्षिणी टर्कीलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लो विवरणअनुसुार उक्त भूकम्पमा परेर पाँच सय बढी टर्र्किए र सिरियावासीको ज्यान गएको छ ।
सो घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका हुन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले टर्किएमा गएको विनाशकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । साथै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गरेका छन् ।