arrow

टर्किएमा गएको भूकम्प सन् १९३९ यताकै शक्तिशाली: हजार बढीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
turkey-syria-earthquake.jpg

काठमाडौं। टर्किएमा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प सन् १९३९ यताकै ठूलो भएको बताइएको छ। गाजियनटेप शहर नजिक केन्द्रविन्दु बनाएर गएको यो भूकम्पले टर्किए, सिरिया, लेबनान, साइप्रस र इजरेलका लाखौं मानिसहरूलाई धक्का दिएको थियो।

टर्किएले सहयोगको लागि अन्तर्राष्ट्रिय अपील गरेपछि बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलगायत विश्व नेताहरूले सहायता पठाउने प्रतिबद्धता गरेका छन्।

युरोपेली युनियनले टर्कीमा १० खोज र उद्धार टोली पठाएको छ। टर्किए र सिरियाका सयौं भवन भत्किएपछि भग्नावशेषमुनि फसेका मानिसहरूलाई बचाउन अधिकारीहरू संघर्ष गरिरहेका छन् ।

टर्किएका राष्ट्रपति रेसेप तैयिप एर्दोगानले टर्किएमा मात्रै ९१२ जनाको ज्यान गएको र ५ हजार ३०० भन्दा बढी घाइते भएको बताएका छन् ।

दक्षिणी टर्किए र उत्तरी सिरियामा गएको शक्तिशाली भूकम्पपछि एक हजारभन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ भने उद्धार कार्य जारी छ।

मानिसहरु सुतिरहेकै बेला गएको शक्तिशाली भूकम्पपछि दर्जनौं पराकम्पनहरु आइसकेका छन्। यसअघि सन् १९९९ मा आएको अर्काे भयानक भूकम्पमा १७ हजार बढीको ज्यान गएको थियो।

त्यसभन्दा अघि सन् १९३९ मा आएको भूकम्पले ३३ हजार बढीको ज्यान लिएको थियो। स्पेकटेटर इन्डेक्सले टर्किएका राष्ट्रपति एर्दोगानले यो भूकम्प सन् १९३९ यताकै ठूलो भूकम्प भनेको उल्लेख गरेको छ।

सन् १९९९ को भूकम्पले १७ हजार बढीको ज्यान लिए पनि त्यो अहिलेको भन्दा कम ७.४ रेक्टर स्केलको थियो। अहिलेको भूकम्पमा परी ज्यान गुमाउनको संख्या अझैं धेरै बढ्न सक्ने बताइएको छ।

टर्किए सबैभन्दा धेरै सक्रिय भूकम्प रहेको क्षेत्रमा पर्ने देश हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ