arrow

टर्किए भूकम्प

भूकम्पमा ज्यान गुमाउनको सङ्ख्या ३७ सय नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
turkey-syria-earthquake.jpg

काठमाडौं । दक्षिणपूर्वी टर्किएमा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाउनको सङ्ख्या ३७ सय नाघेको छ ।  रोयटर्सका अनुसार टर्कीए र सिरियामा गरि हालसम्म ३७ सय ४४ जनाको मृत्यु भएको हो ।

हिजो सोमबार बिहानै दक्षिणपूर्वी टर्किएमा गएको भूकम्पले मध्यपूर्वका चार देश टर्किए, सिरिया, लेबनान र इजरायललाई हल्लाएको थियो ।  लेबनान र इजरायलमा भूकम्पको धक्का महसुस गरिए पनि कुनै क्षति भएन ।

भूकम्पको केन्द्रबिन्दु टर्कीए र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश देखिएको छ ।भूकम्प गएको केही समयपछि पराकम्पहरूका बीच केही घण्टापछि ७.६ रेक्टर स्केलको भूकम्प पनि गएको थियो।

 टर्कीएमा हालसम्म २३ सय जनाको ज्यान गएको छ । ११ हजार घाइते भएको खबर छ । सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । यता सिरियामा १ हजार ४४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ