arrow

बोक्सीको आरोपमा कुटपिट गर्नेलाई चार वर्षपछि सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
jail.jpg

काठमाडौं ।  ६४ वर्षीया वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गर्नेलाई ओखलढुङ्गा जिल्ला अदालतले  कैद सजायको फैसला गरेको छ ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका-१ की  वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गर्ने  ५० वर्षका दीपक विश्वकर्मा, २७ वर्षकी मुना विश्वकर्मा र एक १७ वर्षका नाबालिकालाई अदालतले  कैद सजायको फैसला तोकेको हो ।  

जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको एकल इजलासले दीपकलाई छ वर्ष कैदसहित ६० हजार रुपियाँ जरिवाना र मुनालाई पाँच वर्ष कैदसहित ५० हजार  रुपियाँ जरिवानाको फैसला गरेको छ ।  नाबालिकाको हकमा उनका अभिभावक झिकाई वास्तविक अवस्था बुझी बाँकी कारबाहीको प्रक्रिया अगाडि बढाइने छ ।

उक्त वृद्धालाई २०७५ वैशाख ८ गते दीपक, मुना र ती बालिकाले बोक्सीको आरोप लगाई कुटपिट गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ