arrow

नेपालमा पनि भूकम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
earthquake-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । टर्किए र सिरियामा गत सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पले विश्वको ध्यान खिचिरहेका बेलामा नेपालमा पनि भूकम्प गएको छ । आज बिहान ७ः१७ बजे लमजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

३.९ रेक्टर स्केलको भूकम्पले लमजुङ सदरमुकार बेंसीशहरलगायतका स्थानमा धक्का महसुस गरिएको स्थानीयले जनाएका छन् ।

यसअघि गत माघ १० गते बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि डोटीमा ६.६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।

नेपालमा २०७२ साल बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पले करिब ९ हजारको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए । त्यसयता सयौं पराकम्पन आइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ