arrow

टर्किए-सिरिया भूकम्पमा १५ हजारको मृत्यु : एर्दोगानले स्वीकारे कमजोरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
turkey-syria-earthquake.jpg

काठमाडौं। टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले दुई वटा विनाशकारी भूकम्पमा आफ्नो सरकारको प्रतिक्रियाको बचाउ गर्दै प्रकोपको विकरालताका लागि तयारी गर्न असम्भव भएको बताएका छन्।

टर्किए र उत्तरी सिरियामा भूकम्पबाट कम्तीमा १५ हजार बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ। आलोचकहरूले आपतकालीन सेवाहरूको प्रतिक्रिया धेरै ढिलो भएको र सरकार तयारी निकै कमजोर भएको दाबी गरेका छन् ।

एर्दोगानले सरकारले केही समस्याहरूको सामना गरेको स्वीकार गर्दै अहिले भने, स्थिति नियन्त्रणमा रहेको बताएका छन्।

टर्किएको प्रमुख विपक्षी दलका नेता केमाल किलिचदारोग्लुले  यसमाअसहमति जनाएका छन्। 'यदि त्यहाँ एक व्यक्ति जिम्मेवार छ भने, त्यो एर्दोगान हो,' उनले भनेका छन्।

राष्ट्रपतिले आरोपको खण्डन गर्दै विपद्पछि एकता आवश्यक भएको बताउँदै 'यस्तो अवधिमा राजनीतिक स्वार्थका लागि नकारात्मक अभियान चलाउने व्यक्तिलाई पेट लगाउन नसक्ने' भनेका छन्।

भग्नावशेषमुनि फसेका जीवित भएको हुनसक्ने हजारौंले चिसो अवस्थामा तेस्रो रात बिताइरहेका बेला आशा हराउँदै गएको छ। सोमबार टर्किएमा ७.८ र ७.५ रेक्टर स्के‍लको दुई भूकम्प गएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ