arrow

नर्ड स्ट्रिम पाइपलाइन अमेरिकाले विष्फोट गराएको भनेपछि मच्चियो तरंग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
baltic-sea-nord-stream-pipeline.jpg

काठमाडौं। पुलित्जर पुरस्कार विजेता खोज पत्रकार सेमोर हर्शले नर्ड स्ट्रिम पाइपलाइन विष्फोट अमेरिकाले गरेको रिपोर्ट लेखेसँगै रुस र अमेरिकाबीच आक्रामकता शुरु भएको छ ।

क्रेमलिनले बिहीबार नर्ड स्ट्रिम ग्यास पाइपलाइन विष्फोट पछाडिका व्यक्तिहरू बाहिर आउनु पर्ने र सम्पूर्ण मामिलामा अन्तर्राष्ट्रिय अनुसन्धान हुनुपर्ने दाबी गरेको छ ।

रुसबाट युरोप ग्यास पठाउने दशौं अर्बको नर्ड स्ट्रिम पाइपलाइन अमेरिकी नौसेनाका गोताखोरहरूले विष्फोट गराएको पत्रकार सेमोर हर्शले दाबी गरेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले हर्षको ब्लगलाई थप ध्यान दिन आवश्यक रहेको र पश्चिमी सञ्चारमाध्यमले यसलाई पूर्णरूपमा कभर गर्नुपर्ने बताएका छन् । 

पेस्कोभले १ हजार २ सय २४ किलोमिटर लामो पाइपलाइन विष्फोटको अन्तर्राष्ट्रिय छानबिन गर्न आग्रह गरेका छन्। उनले विश्वले सत्य जान्न आवश्यक रहेको भनेको छ । 

नर्ड स्ट्रिम ग्यास पाइपलाइनको विष्फोट संयुक्त राज्य अमेरिकाले गरेको आरोप पत्रकारद्वारा प्रकाशित ब्लगलाई खारेज गर्दै व्हाइट हाउसले यो पूर्णतया गलत र पूर्ण काल्पनिक रिपोर्ट हो भनेको छ ।

हर्शले गत सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्देशनमा विष्फोट गराइएको दाबी गर्दै प्रतिवेदन प्रकाशित गरेका थिए ।

आफ्नो प्रतिवेदनमा हर्षले गत जुनमा जर्मनी र रुसको बीचमा बाल्टिक सागरबाट चल्ने नर्ड स्ट्रिम ग्यास पाइपलाइनमा विष्फोटक पदार्थहरू रोप्न नर्वेले अमेरिकी नौसेनालाई सहयोग गरेको र तीन महिनापछि विस्फोट गराएको दाबी गरेका छन् ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले सबस्ट्याक वेब सेवामा हर्षद्वारा प्रकाशित प्रतिवेदनलाई पूर्ण काल्पनिक भनेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ