arrow

टर्किए र सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या बीस हजार नाघ्यो, अझै थुप्रै पुरिएको शंका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
earthquake-turkeye.jpg
तस्बिर – फाइल ।

काठमाडौं । टर्किए र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संंख्या २० हजार नाघेको छ । भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको अधिकारीहरूले जनाएका छन् । अझै थुप्रै पुरिएको शंका गरिएको छ । 

अधिकारीहरुका अनुसार टर्किएमा १७ हजार ६०० तथा सिरियामा ३ हजार ३७७ जनाको ज्यान गइसकेको छ । संयुक्त राष्ट्र संघले शुरुआती दिनमै बीस हजारसम्मको ज्यान जानसक्ने बताएको थियो । तर त्योभन्दा निकै बढीको ज्यान गइसकेको छ । 

अत्यधिक चिसोका कारण खोजीमा बाधा पुगेको छ । विज्ञहरूले जीवन बचाउने सबैभन्दा सम्भाव्य अवधिका रूपमा लिएको ७२ घण्टाको समय बितिसकेको छ । सय घण्टा भइसक्दा अब पुरिएकाहरुको बाँच्ने सम्भावना कम हुँदै गएको छ ।

बाब अल–हवा सीमा नाकाका एक अधिकारीले एएफपीलाई बताएअनुसार विद्रोहीको कब्जामा रहेको उत्तरपश्चिमी सिरियामा बिहीबार सहायता पुगेको छ । 

एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधासम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए, अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो । 

टर्किएको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । 

त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ