arrow

विवेकशीलको महाधिवेशन आजदेखि, नेतृत्वमा बाँस्कोटा, परियार र पाण्डेबीच प्रतिस्पर्धा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
bibekshil-sajha-party-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आजदेखि शुरु हुने विवेकशील साझा पार्टीको प्रथम महाधिवेशनका लागि ती नजनाले नेतृत्वमा आकांक्षा ब्यक्त गरेका छन् । सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आकांक्षा ब्यक्त गरेका हुन् । तीनै जनाले भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य शुरु गरिसकेका छन् ।

‘अध्यक्षका लागि अहिलेसम्म तीन जनाको नाम आएको छ, महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ’ परियारले भने । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १० बजे शुरु हुने महाधिवेशनको तयारी सम्पन्न भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । 

उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो ।

महाधिवेशनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए ।
 उनका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ  । 

देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

सो पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले ‘विचार भन्दा माथि देश’ भन्ने फरक प्रतिवेदन पेश गरेपछि विवेकशील छिन्नभिन्नको अवस्थामा पुगेको थियो । मिश्रका कारण राजनीतिक गतिविधि लगभग शून्यमा पुगेको सो पार्टीले महाधिवेशन गरेर नयाँ रुप लिन लागेको हो ।

मिश्र भने राप्रपाको वरिष्ठ उपाध्यक्ष पाएर राप्रपामा गएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ