arrow

एकपछि अर्काे दुःस्वप्नको सामना गर्नुपर्दा थप पैसा चाहियो: राष्ट्रसंघ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
antonio_guterres-us-general-secretary.jpg

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले टर्किए र सिरियाका लागि थप पैसा उपलब्ध गराउन र सिरियाको भूकम्प प्रभावित क्षेत्रमा सहायताको पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

संयुक्त राष्ट्र संघको पहिलो सहायता लट टर्कीबाट सिरियामा पुगेको केही घण्टापछि गुटेर्रेसले भाषण गरेका थिए।

'थप सहयोग जाँदैछ, तर धेरै, धेरै, धेरै आवश्यक छ,'उनले भनेका छन् । उनले संयुक्त राष्ट्र संघले आर्थिक सहयोगको लागि अर्को हप्ता अन्तर्राष्ट्रिय अपील शुरु गर्ने बताएका छन् ।

'मानिसहरूले दुःस्वप्नमै दुःस्वप्नको सामना गरिरहेका छन्,' राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलेले अघि भने।

उत्तरपश्चिम सिरियामा बसोबास गर्ने मानिसहरूले भूकम्प अघि १२ वर्षको गृहयुद्धको सामना गरिसकेका छन्। सिरियाली सरकारको मुख्य सहयोगी रुसको विरोधको बीचमा टर्किएबाट मात्र एकल क्रसिङमार्फत मानवीय सहायता पुर्‍याइएको छ, रुसले सहायता दमास्कस मार्फत आओस् भन्ने चाहन्छ।

सिरिया अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्तर्गत छ तर, गुटेर्रेसले प्रतिबन्धले मानवीय सहायतालाई असर नगरेको बताएका छन्।

'कुनै पनि किसिमको प्रतिबन्धले हालको सिरियाको जनसंख्यालाई राहतमा हस्तक्षेप गर्दैन,' उनले भनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ