arrow

विवेकशील साझाको महाधिवेशन शुरु, बाबुराम र सीके सहभागी [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
bibekshil-sajha-first-general-assambly.jpg

काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेन शुरु भएको छ । लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेको सो पार्टीको प्रथम महाधिवेशन आजबाट काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भएको हो । 

सो महाधिवेसनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य शरुसमेत गरिसकेका छन् ।

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरनेछ ।

महाधिवेशनलाई सम्बोधन गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउत, नेकपा एकीकृत समाजवादीका घनश्याम भुषाल पुगेका छन् ।


 

IMG-20230210-WA0003.jpg
SAVE_20230210_113216.jpg
SAVE_20230210_113222.jpg
SAVE_20230210_113230.jpg
SAVE_20230210_113235.jpg
SAVE_20230210_113238.jpg
SAVE_20230210_113305.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ