arrow

टर्किए भूकम्पमा साढे २१ हजारको मृत्यु, ६४ हजार बढी घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
earthquake-turkeye.jpg
तस्बिर – फाइल ।

काठमाडौं । टर्किएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार पाँच सय बढी मनिसको मृत्यु भएको छ । ६४ हजार बढी घाइते भएका छन् । 

उद्धारकर्मीहरूका अनुसार टर्किएमा १८ हजार तीन सय ४२ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् ।  उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकिने विश्वासका साथ खोजतलास गरिरहेका छन् । 

टर्किए र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेका छन् । विश्व बैंकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्किएका भूकम्प पीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आह्वान गरेका छन् । 

साथै उनले आगामी साता टर्किए र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ