arrow

भूकम्पले पुरिएको भवनमा जन्मिन् बालिका, नाम चमत्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
turkeye-birth.jpg

काठमडौं । गत सोमबार टर्किए र सिरियामा गएको भूकम्पबाट २२ हजारको ज्यान गइसकेको छ भने ६५ हजार हाराहारीमा घाइते भएका छन् । 

यतिधेरैको ज्यान जाँदा भूकम्पले पुरिएको भवनमा जन्मिएकी एक बालिकाको भने १० घण्टापछि उद्धार भएको छ । 

सिरियाको अलेप्पो शहरमा भूकम्पपछि पुरिएको अवस्थामा जन्मिएकी बालिकाको १० घण्टापछि उद्धार भएको हो । उनले अस्पतालमा उपचार जारी छ । 

बताइएअुनसार बालिकाका बुबा आमाले उनको जन्म भएपछिमात्र अन्तिम स्वास फेरेका थिए । 

उनको नाम आया राखिएको छ । अरबी भाषामा आयाको अर्थ चमत्कार हुन्छ । बीबीसीका अनुसार ती बच्चीको भभिभावकत्व लिनका लागि हजारौंले इच्छा राखेका छन् । 

बच्ची जन्मिएको पाँच तले भवन ढलेको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ