arrow

विवेकशीलमा सर्वसम्मतः अध्यक्षमा समीक्षा, महासचिवमा रञ्जु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
bibekshil-sajha-samikchaya-ranju.jpg

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बाँस्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शना चयन भएकी छिन् ।

पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष चयन भएका प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए । 

उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् । सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् ।  कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन् ।

पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने र सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको परियारले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ