arrow

सम्पर्कविहीन भएका पोखराका व्यवसायी गौतम मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
Balram Gautam.jpg

पोखरा । करिब एक महिनादेखि सम्पर्कविहीन भएका पोखराका व्यवसायी बलराम गौतम मृत अवस्थामा फेला परेका छन् ।

उनी पर्साको बीरगञ्जस्थित शनिबार बिहान बसपार्कको पार्कमा मृत अवस्थामा भेटिएको बताइन्छ । उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान गरिएको छ ।

कास्कीको पुरुन्चौरमा २०२३ सालमा जन्मिएका गौतम पछिल्ला समयमा पोखरा-४ गैह्रापाटनमा बस्दै आएका थिए ।

उनका आमा, श्रीमती र दुई छोरी छन् ।

उनको शव शनिबार राति नै पोखरा ल्याइएको र आज बिहान १० बजे अन्त्येष्टि गरिएको बुद्ध विशाल बजार व्यापारिक एशोसिएशनका अध्यक्ष केशवबहादुर खत्रीले जानकारी दिए ।

स्व. गौतम बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका पूर्व अध्यक्ष तथा बुद्ध बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत हुन् ।

गौतम गत माघ २ गते रातिदेखि सम्पर्कविहीन भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ