arrow

रेडक्रसको चितवन शाखामा पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
redcross.jpg

चितवन । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको शनिबार राति सम्पन्न ५१औं अधिवेशनले हरि पौडेलको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 समितिको उपासभापतिद्वयमा रत्नप्रसाद सापकोटा र सिर्जना अधिकारी, मन्त्रीमा राममणि खनाल, कोषाध्यक्षमा विजयराज खनाल, उपमन्त्रीमा महेश्वर थपलिया, उपकोषाध्यक्षमा चिजकुमार आले निर्वाचित भए ।

पौडेलले निकटतम प्रतिस्पर्धी विजय शर्मा भुसाललाई ५७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । पौडेलले एक सय १८ मत प्राप्त गर्दा भुसालले ६१ मत प्राप्त गरे ।

उक्त समितिको  खुला सदस्यमा सात र महिला सदस्य तीनजना निर्वाचित भएका छन् । यसरी निर्वाचित हुनेहरुमा शशी महतो, अनु गौतम, शारदा शर्मा पौडेल, हरिप्रसाद न्यौपाने, दीपककुमार खड्का, रुद्र अधिकारी, आशबहादुर गुरुङ्, कुमारप्रसाद थपलिया, चन्द्रकान्त न्यौपाने र विनय श्रेष्ठ निर्वाचित भएका हुन् । उक्त अधिवेशनमा दुई सय २५ मतदाता सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ