arrow

अमेरिकाले क्यानाडामा फेरि खसाल्यो अर्को अज्ञात वस्तु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
us-canada-military-jet.jpg

काठमाडौं। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उत्तर अमेरिकी आकाशमा अर्को अज्ञात वस्तुलाई गोली हानेर खसालेको पुष्टि गरेका छन्।

अमेरिकी सेनाले गत शनिबार एक चिनियाँ जासुसी बेलुनलाई खसालेको थियो। त्यसपछि गत शुक्रबार अलास्काको आकाशमा एउटा सानो कार आकारको अज्ञात वस्तुलाई खसालेको थियो।

यो तेस्रो वस्तु हो अमेरिका र क्यानाडाको सेनाले क्यानाडाको आकाशबाट खसालेको हो।

क्यानाडाली प्रधानमन्त्री ट्रुडोले उक्त वस्तुले क्यानाडाको हवाई क्षेत्रको उल्लङ्घन गरेको र उत्तर पश्चिम क्यानाडाको युकोन क्षेत्रमा गोली हानेर उक्त वस्तु खसालिएको बताएका छन्।

क्यानाडा र अमेरिकी विमान दुवैलाई उक्त वस्तुको खोजी गर्न स्क्र्याम्बल गरिएको थियो जसलाई क्यानाडाका प्रधानमन्त्री ट्रुडोले अमेरिकी एफ(२२ लडाकु विमानले खसालेको बताएका थिए।

पछिल्लो हप्तामा उत्तरी अमेरिकामा प्रहार गरिएको यो तेस्रो वस्तु हो।

ट्रुडोले शनिबार यसका लागि आदेश दिएका थिए र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गरेको बताएका थिए।

'क्यानाडाली सेनाहरूले अब उक्त वस्तुको अवशेष फेला पारेर र विश्लेषण गर्नेछन्,' उनले ट्विटरमा लेखेका छन्।

रक्षा मन्त्री अनिता आनन्दले यो अज्ञात वस्तु मध्य युकोन माथि करिब १२,००० मिटर उचाइमा उडिरहेको र शनिबार स्थानीय समय अनुसार ३ बजेर ४१ मिनेटमा रोकिएको बताएकी छन्।

चिनियाँ जासुसी बेलुनको घटनापछि चीन र अमेरिकाबीचको सम्बन्धमा तनाव थपिएको छ। यसबीच निरन्तर अमेरिकी क्षेत्रमा दुई अज्ञात वस्तु फेला परेका छन्। यी दुवै वस्तु के हुन् भन्ने जानकारी भने आउन बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ