arrow

विनाशकारी भूकम्पपछि कतारी अमिर टर्कीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
earthquake-turkeye.jpg

कतार । कतारी अमिरले आइतबार भूकम्प प्रभावित टर्किएको भ्रमण गरेका छन् । सो अवसरमा उनले टर्कीका राष्ट्रपतिसँग भेट गरेका छन् ।

टर्कीको राष्ट्रपति कार्यालयका अनुसार कतारी अमीर शेख तमिम बिन हमाद अल थानीले सोमबार देशको दक्षिणी भागका १० प्रान्तमा दुईवटा घातक भूकम्पग्रस्त टर्किएको भ्रमण गरेका छन् । दुई नेताबीच इस्तानबुलस्थित वाहडेटिन मेन्सनमा भेटवार्ता भएको थियो ।

टर्कीलाई सहायता पठाउने प्रमुख देशमध्ये कतार पनि एक हो । पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार टर्किएमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ हजार छ सय १७ पुगेको छ भने ८० हजार दुई सय ७८ घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ