arrow

भूकम्प पीडितका लागि टर्किएमा नेपालले पठायो राहत सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
nepal-turkey-flag.jpg

काठमाडौं । नेपाल सरकारले टर्किएका भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ ।

भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो । यही ६ फेब्रुअरीमा टर्किएमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने सरकारले निर्णय गरेको थियो । 

यसअघि ८ फेब्रुअरीमा परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले टर्कीएका समकक्षी मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्तामा भूकम्पबाट भएको क्षतिमा टर्किएका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धताका लागि सक्दो सहयोग गर्न नेपाल सरकार तयार रहेको बताएको थिइन् । 

परराष्ट्र मन्त्रालयले राहत सामग्री सहयोगका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्था तथा ढुवानीका लगि टर्किएस एयरलाइन्सलाई धन्यवाद दिएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ