arrow

टर्किए र सिरिया भूकम्पमा ज्यान गुमाउने ३५ हजार बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
earthquake-turkey.jpg
तस्बिर – फाइल ।

काठमाडौं । टर्किए र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी टर्किएमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ । 

अझै पनि दुवै देशमा उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पपछि आएको हिम आँधीका कारण उद्धार कार्यमा कठिनाई हुँदा भूकम्पमा भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाई भइरहेको उद्धारकर्मीले बताएका छन् । 

भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्र्र्किए र सिरियामा पुगेका छन् । उनीहरूले अझै पनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई तीब्र बनाइरहेका छन् ।

सिरियामा टर्किए निकट मानिने सीमा क्षेत्रमा विदेशी उपकरण आयात तथा प्रयोगमा लगाइएको प्रतिबन्धका कारण यहाँ स्थानीय स्रोत र साधनको प्रयोग गरी उद्धार कार्य जारी राखिएको छ । एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ