arrow

३६ हजार नाघ्यो मृतक संख्या, सिरियाले थप दुई नाका खोल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
earthquake-turkey-syria.jpg

काठमाडौं । दक्षिणपूर्वी टर्किएमा गएको भूकम्पमा परी ज्यान गुमाउनको सङ्ख्या ३६ हजार नाघेको छ ।

माघ २३ गते टर्कीए र सिरियामा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । यी दुई देशमा हालसम्म ३६ हजार २ सय ५७ जनाको मृत्यु भइसकेको छ ।

भूकम्पबाट टर्कीएमा ३१ हजार ६ सय ४३ भन्दा बढीले ज्यान गुमाएका छन् । भने सिरियामा ४ हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।

यसैबीच, सिरियाली राष्ट्रपति बसरअलअसदले टर्कीएसँग थप दुई वटा सीमा नाका खोल्ने घोषणा गरेका छन्। यसमार्फत राष्ट्रसङ्घले भूकम्पसँग सम्बन्धित राहत सामग्री सिरियामा पठाउन सक्नेछ ।

देशवासीलाई सहयोग गर्न यी नाका आगामी ३ महिना खुला रहनेछन् । सिरियामा सन् २०११ मा सुरु भएको गृहयुद्धपछि पहिलो पटक यी सिमानाहरू खोलिएको हो।

यसअघि सोमबार संयुक्त राष्ट्रसङ्घले उत्तरपश्चिम सिरियाका जनतालाई त्रासदीबाट पीडितलाई सहयोग गर्न सम्पूर्ण विश्व असफल भएको बताएको थियो । यो क्षेत्र विद्रोहीको नियन्त्रणमा छ ।
 
राष्ट्रसंघका अनुसार सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् । दुवै देशका ९ लाख मानिसलाई तत्काल तातो खानाको आवश्यकता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ