arrow

टर्किए-सिरिया भूकम्प: भग्नावशेषबाट आठ हजार बढीको जीवितै उद्वार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
turkey-syria-earthquake.jpg

काठमाडौं । गत साता टर्किए र सिरियामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ। संयुक्त राष्ट्र संघ र सिरियाली सरकारका अनुसार टर्किएका अधिकारीहरूले देशमा ३१ हजार ९ सय ७४ व्यक्तिको मृत्यु भएको र सिरियामा ५ हजार ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएका छन्।

भूकम्पपछिको उद्वारका क्रममा टर्किएमा भग्नावशेषबाट ८ हजार भन्दा बढी मानिस जिउँदै निकालिएको टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन् । यस्तै उनले भूकम्पपछि सहयोग गर्न अगाडि आएका सबै देशहरूप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् ।

यसबीच अमेरिकामा रहेका १४ सिरियाली डाक्टरहरूको टोली उत्तरपश्चिम सिरियामा राहत र चिकित्सा सेवामा मद्दत गर्न आइपुगेको छन्।

टर्किएसमेत रहेको युरोपका लागि विश्व स्वास्थ्य संगठनका निर्देशकले यो भूकम्पलाई यस क्षेत्रमा १०० वर्षमा आएको सबैभन्दा खराब प्राकृतिक प्रकोप भनेका छन्।

'हामी डब्लुएचओ युरोपेली क्षेत्रमा एक शताब्दीको सबैभन्दा खराब प्राकृतिक प्रकोप देखिरहेका छौं र हामी अझै यसको परिमाणको बारेमा सिक्दैछौं,' युरोपका लागि डब्लुएचओ क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक पत्रकार सम्मेलनमा भनेका छन् ।



लोकप्रिय समाचार
नयाँ