arrow

बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
accident-final-1618290232.jpg

पानामा सिटी । आप्रवासीलाई लिएर संयुक्त राज्य अमेरिकातर्फ जाँदै गरेको बस बुधबार पानामामा मिनीबससँग ठोक्किँदा कम्तीमा ३३ जनाको मृत्यु भएको मध्य अमेरिकी मुलुक पानामाको प्रहरीले बताएको छ ।
 
पानामाका राष्ट्रिय आप्रवासन निर्देशक समिरा गोजाइनले टेलिमेट्रो प्रसारकसँग भने, “अहिलेसम्म हामीलाई ३३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । यसपहिले राष्ट्रपति लोरेन्टिनो कोर्टिजोले चिरिकीको ग्वालाकामा बिहान भएको दुर्घटनामा परी १५ जनाको मृत्यु भएको पुष्टि गरेका थिए । 

राजधानी पानामा शहरबाट करिब ४०० किलोमिटर पश्चिममा बस दुर्घटना भएको र बसमा चालक र सहचालकसहित ६६ जना सवार रहेको प्रहरी ट्रान्जिट अपरेशनका आयुक्त एमिलियानो ओटेरोले जानकारी दिए ।

अधिकारीहरूले पीडितहरूको राष्ट्रियता र घाइतेहरूको सङ्ख्याबारे अझै जानकारी दिएका छैनन् । कोर्टिजोले भने, “सरकारले दुर्घटनामा घाइते भएकाहरूको लागि निःशुल्क उपचार सेवा प्रदान गर्ने बताएको छ । 

गोजाइनका अनुसार दुर्घटनास्थलमा तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये धेरैलाई एम्बुलेन्समार्फत चिरिकी प्रान्तीय राजधानी डेभिडको एक अस्पतालमा लगिएको छ ।

कोलम्बियासँग सीमा जोडिएको पानामाको पूर्वी क्षेत्र डेरिएनबाट पश्चिमतर्फ कोस्टारिकातर्फ जाँदै गरेको उक्त बसले मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिकासम्म पुग्नेगरी छुटेको थियो ।

सन् २०२२ मा संयुक्त राज्य अमेरिका जाने क्रममा पानामा आउने अनियमित आप्रवासीहरूको सङ्ख्या लगभग दोब्बर भएर दुई लाख ४८ हजार पुगेको छ भने यसमध्ये आधाभन्दा बढी भेनेजुएलाका नागरिक रहेको अध्यागमन प्राधिकरणले जनवरी १ मा दिएको रिपोर्टमा उल्लेख गरिएको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ