arrow

बैंकर पवन ढकालको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
Pawan dhakal.jpg

काठमाडौं । लुम्बिनी विकास बैंकका सिनियर डेपूटी कार्यकारी अधिकृत पवन ढकालको बुधबार निधन भएको छ ।

 हृदयाघातपछि लामो समयदेखि उपचाररत ढकालको उपचारकै क्रममा काठमाडौंमा निधन भएको हो ।

उनी माछापुच्छ्रे बैंक, कैलाश विकास बैंक हुँदै पछिल्लो समय लुम्बिनी विकास बैंकको सिनियर डेपूटी कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए ।

तनहुँ निवासी उनको परिवार हाल पोखराको प्रस्याङमा बस्दै आएको छ । स्व. ढकालको आजै काठमाडौंमा अन्त्येष्टि गरिएको बताइएको छ ।

उनको निधनप्रति बैंकिङ तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुले दुःख व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ