arrow

फर्निचरमा आगलागी, दुई घाइते, करोडौंको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
Aaglagi.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ चाउथेस्थित पाल्पा भैरव फर्निचरमा आगलागी भएको छ । सो आगलागीमा परि दुई जना घाइते भएका छन् भने करोडौँको क्षति भएको छ । घाइते हुनेमा उद्योगमै कार्यरत राहुल गुरुङ र आशिष गुरुङ रहेका छन् । 

घाइतेमध्ये राहुलको गण्डकी मेडिकल कलेज (जिएमसी) मा र आशिषको ग्यालेक्सी हस्पिटलमा उपचार भइरहेको छ ।

राहुललाई आइसियूमा राखेर उपचार भइरहेको फर्निचर उद्योगका सञ्चालक दीपककुमार कार्कीले जानकारी दिए ।

अर्का घाइते आशिषको पछाडिपट्टिको भाग जलेको भएपनि अवस्था सामान्य रहेको उनले बताए ।

उद्योगमा राति ६ जना सँगै सुतेका थिए । आगलागी भएको थाहा पाएपछि अन्य चार जना भने पर्खाल नाघेर भाग्न सफल भएका कारण सकुशल रहेको बताइएको छ ।

बुधबार राति भएको आगलागीबाट फर्निचरमा ठूलो क्षति पुगेको छ । टिनको टहरा मुनि सञ्चालन गरिएको फर्निचरमा आगलागीबाट फर्निचर, प्लाइउडका सामान र मेसिनरी सामानसमेत नष्ट भएको छ । 

आगलागीबाट करिब तीन करोडको क्षति भएको अनुमान गरिएको छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ