- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । महाभियोग प्रस्ताव पाँच महिनाभित्र टुंगो लगाउने व्यवस्थासहित प्रतिनिधि सभा नियमावली मस्यौदा पारित गरिएको छ ।
प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिको बिहीबारको बैठकले महाभियोग प्रस्तावलाई पाँच महिनाभित्र टुंगो लगाउने र यदी समय अभावले टुंगो लगाउन नसके नयाँ निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाले निष्कर्षमा पुर्याउने व्यवस्थासहितको प्रतिनिधि सभा नियमावली मस्यौदा पारित गरेको हो ।
समितिबाट पारित नियमावलीलाई प्रतिनिधि सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।