arrow

प्रचण्ड–ओली सहमति नजुटेपछि चिनियाँ राजदूतको इन्ट्री, भेटे केपीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
kp-oli-chinese-ambassador-chen.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । शुक्रबार ओली र चिनियाँ राजदूत चेनबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति निर्वाचन र सत्ता समीकरणबारे सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न नसकिरहेका बेला चिनियाँ राजदूतले पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेटेका हुन् । 

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष ओलीबीच दुई घण्टाभन्दा बढी भेटवार्ता भएको थियो । ओलीसँगको भेटवार्तापछि बालकोटबाट निस्कने क्रममा प्रचण्डले गठबन्धन नछुट्ने बताएका थिए ।

चिनियाँ राजदूतमात्रै हैन प्रचण्ड र ओलीलाई मिलाउन चीनबाटै एउटा टोली नै आउने तयारी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ