arrow

यसरी मनाइयो प्रजातन्त्र दिवस [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
IMG-20230219-WA0012.jpg

काठमाडौं । त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।  

विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्न थालिएको हो । यस अवसरमा विभिन्न संघ संस्थाले पनि कार्यक्रम आयोजना गर्दै आएका छन् ।
    
सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेष रुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान  जारी भएकाले पनि यो दिवसको विशेष महत्व रहेको छ ।

IMG-20230219-WA0013.jpg
IMG-20230219-WA0012.jpg
IMG-20230219-WA0008.jpg
IMG-20230219-WA0001.jpg
IMG-20230219-WA0016.jpg
IMG-20230219-WA0009.jpg
IMG-20230219-WA0010.jpg
IMG-20230219-WA0011.jpg
IMG-20230219-WA0003.jpg
IMG-20230219-WA0015.jpg
IMG-20230219-WA0014.jpg
IMG-20230219-WA0002.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ