arrow

महिला फुटबल टोली भारतबाट फर्कियो [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
20230219160234_2M4A0011.jpg

काठमाडौँ। नेपाल र भारतको महिला राष्ट्रिय फुटबल टोलीबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरी टुंगिएको छ । भारतको चेन्नईको जवहारलालनेहरु स्टेडियमा शनिबार भएको दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो। 

यसअघि बुधबार भएको पहिलो मैत्रीपूर्ण खेल २–२ को बराबरीमा टुंगिएको थियो ।

नेपाल र भारत दुवैले महिला ओलम्पिक छनोटको पहिलो राउन्डको खेलको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलेका हुन् । छनोटको पहिलो राउन्डमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपाल रहेको समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको छ । भारत रहेको समूह ‘जी’ मा तुर्कमिनिस्तान र किर्गिस्तान छन् । ओलम्पिक छनोट अप्रिलमा हुँदैछ ।

 

2M4A0019.jpg
20230219155948_2M4A9983.jpg
20230219160017_2M4A9989.jpg
20230219160042_2M4A9999.jpg
2M4A9994.jpg
20230219160234_2M4A0011.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ