arrow

टर्किएमा फेरि गयो शक्तिशाली भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
turkey-syria-earthquake.jpg

काठमाडौं । टर्किएमा फेरि ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

 प्रारम्भिक रूपमा भूकम्पमा परि ३ जनाको मृत्यु भएको छ भने ६ सय ८० भन्दा बढी घाइते भएका छन्  ।  क्षतिको विवरण आउन बाँकी छ ।

आपत्कालीन उद्धार र राहतका लागि आवश्यक तयारी गरिएको पनि सरकारी अधिकारीहरूले बताएका छन् ।

यस क्षेत्रलाई ठूलो भूकम्पले ध्वस्त पारेको दुई हप्तापछि फेरि भूकम्प गएको हो ।  

दुई साता अघि मात्रै ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पका कारण ठुलँ धनजनको क्षति भएको थियो ।

४७ हजार  भन्दा बढी मानिसको ज्यान गएको छ भने लाखौँ घरहरू क्षतिग्रस्त भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ