arrow

खानी विस्फोटमा परी तीनजना शान्ति सैनिकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
india-sudan-un-mission.jpeg

माली । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय बहुआयामिक एकीकृत स्थिरता मिसन (मिनुस्मा) ले मङ्गलबार मध्य मालीस्थित खानी विस्फोटमा परी तीनजना शान्ति सैनिकको मृत्यु भएको जनाएको छ ।

मिनुस्मा फोर्सको काफिले फेब्रुअरी २१ मा एक इम्प्रोभाइज्ड विस्फोटक उपकरण (कारीगरी खानी) मा ठोक्किँदा सो दुर्घटना भएको हो ।

प्रारम्भिक रिपोर्टअनुसार सो विस्फोटमा तीन शान्ति सेनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते छन् । संयुक्त राष्ट्रसङ्घ मिशनले विज्ञप्ति जारी गर्दै सो घटनाको पुष्टि गरेको छ ।

पश्चिम अफ्रिकी देशमा सन् २०२२ अक्टोबर ३ यता १८ वटा विभिन्न किसिमका आक्रमणमा चार शान्ति सैनिकहरू गुमाएको बताएको छ ।

सन् २०१२ देखि माली सुरक्षा, राजनीतिक र आर्थिकरूपमा गहिरो सङ्कटमा फसेको छ ।

स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर-साम्प्रदायिक हिंसाले देशमा हजारौँको ज्यान गएको छ भने हजारौँ विस्थापित भएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ