arrow

राष्ट्रपति निर्वाचन आउँदा चिनियाँ चलखेल बढ्दो, राजदूत पुगे बालुवाटार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
prachanda-chinese-ambassador-chen-song-2023.jpg

काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दलहरुबीच विभिन्न समिीकरण बनिरहेको मौकामा चिनियाँ चासो बढेको पाइएको छ । सोही क्रममा चिनियाँ राजदूत छन् सङले राजनीतिक भेटवार्तालाई सक्रिय बनाएका छन् । 

राजदूत छन् आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् । आजदेखि राष्ट्रपति चयनको प्रक्रिया शुरु भइरहँदा चिनियाँ राजदूत सङ बालुवाटार पुगेका हुन् । चिनियाँ टोलीसमेत फेरि आउँदै गर्दा राजदूतको सक्रियता बढेको हो । 

आगामी चैतमा हुने बोआओ फोरमको निम्तो दिन राजदूत बालुवाटार पुगेको बताइए पनि चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुने बाआओ फोरम भन्दा अहिले नै राष्ट्रपतिको निर्वाचनको समय नजिकिइरहँदा सोही मौकामा उनले माहोल पनि बनाइरहेको बुझिएको छ । 

राजदूतले पछिल्ला केही दिनदेखि राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेका छन् । गत शुक्रबार मात्रै राजदूत सङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । 

चीनले राष्ट्रपतिको निर्वाचनलाई अन्तर्राष्ट्रिय प्रतिष्ठाको रुपमा हेरेको बुझिएको छ । यसअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालको दुई दिने भ्रमण गर्ने क्रममा १४ जना नेतालाई भेटेर फर्केपछि सङन्को सक्रियता पनि बढेको हो । 

यसअघि एमाले र माओवादीबीच एकता गराइदिएको चीनले त्यसयता निरन्तर कुनै राजनीतिक घटना हुनासाथ चासो राख्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ