arrow

चिनियाँ राजदूतको सक्रियता बढ्यो, माधव नेपाललाई पनि भेटे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
madhav-kumar-nepal-chinese-ambassador-2023.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सङबिच भेटवार्ता भएको छ ।

बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका चिनियाँ राजदूत सङले अपरान्ह नेकपा एसका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन । 

‘कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा भएको भेटमा अध्यक्ष नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो,’ नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए । 

 उनका अनुसार राजदूतको रूपमा नेपाल आउन पाउॅदा खुशी लागेको बताउॅदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका थिए ।

दुवै नेता बिच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेपालको सचिवालयले जानकारी दिए ।

नेपालको सचिवालयले यो विषय बाहिर ल्याएको भए पनि राष्ट्रपतिको विषयमा भएको कुराकानी भने उनले बाहिर ल्याएनन् । 

चिनियाँ राजदूतले गत शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका सङले त्यसयता निरन्तर कम्युनिष्ट नेताहरुलाई भेटिरहेका छन् । 

विशेषगरी उनीहरुसँग उनले कम्युनिष्टबाटै राष्ट्रपति बन्नुपर्नेमा जाड दिएको विभिन्न स्रोतले बताएका छन् । 

राष्ट्रपतिको उम्मेदवारी दिने दिन फागुन १३ गते आउँदै गर्दा चिनियाँ राजदूतको सक्रियता बढेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ