arrow

बाजुरामा ५.२ रेक्टरको भूकम्पः विद्यालय, स्वास्थ्यचौकी र कम्तीमा आठ घरमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
earthquake2.jpg
तस्बिर – सांकेतिक ।

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो गएको ५ दशमलव २ रेक्टर स्केलको भूकम्पबाट विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुगेको छ । 

भूकम्पबाट हिमाली गाउँपालिका १, ३ र ५ मा रहेका दुई वटा स्वास्थ्यचौकी र एक विद्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले जानकारी दिए । 

भूकम्पले उक्त गाउँपालिकामा रहेका बिच्छ्या स्वास्थ्यचौकी र रुगीन स्वास्थ्य चौकी भवनमा पनि क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कवीन्द्रसिहं बोहराले जानकारी दिए । 

त्यसैगरी सोही गाउँपालिका–१ मा रहेको बाल विकास  भवन पूर्णरुपमा भत्किएको छ । हालसम्म प्राप्त जानकारीअनुसार आठ वटा घरमा क्षति भएको र क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए । 

भूकम्पबाट सोही गाउँपालिका–४ बस्ने पूर्णप्रसाद पाण्डे र हरिचन्द्र पाण्डेको दुई तले घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

बिच्छ्या केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट अझै क्षतिको विवरण सङ्कलनका लागि प्रहरी टोली पठाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ