arrow

मोमोरी फेस्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
coke.jpg

पोखरा । कोकाकोला नेपालले पोखरामा मोमोरी फेस्ट आयोजना गर्ने भएको छ । कार्यक्रम पोखराको बाराही टेम्पल ग्राउण्डमा आयोजना हुँदैछ ।

फागुन १३ गते शनिबार आयोजना गरिएको कोक मोमोरी फेस्टमा विभिन्न रमाइला कार्यक्रमहरु राखिएको आयोजकले जनाएको छ । 

कोकाकोलाले वार्षिकरुपमा आयोजना गर्दै आइरहेको कोकाकोला मोमो उत्सवको यस वर्षको संस्करणको रुपमा मोमोरी फेस्ट आयोजना गरिएको हो । 

कार्यक्रमको मुख्य आकर्षणको रुपमा १२ भन्दा धेरै स्वादका मोमोका स्टलहरु रहने छन् भने अन्य रमाइला खेलकुदका स्टलहरु पनि राखिनेछन् । 

कार्यक्रममा लाइभ म्युजिक तथा डिजे सेसनहरु पनि राखिएका छन् । फेस्टमा ब्लूफायर सांगीतिक समूह तथा सिडी विजय अधिकारीको प्रस्तुति रहनेछ । 

कार्यक्रमका लागि टिकटको मूल्य रु.१०० रहेको छ जसमा दुई वटा २५० एमएलको कोकाकोलाको पेट बोतल प्रदान गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ