arrow

राष्ट्रपतिमा कांग्रेसले आफ्नो दाबी नछोड्ने गगन थापाको भनाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
gagan-thapa-congress.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलीय बैठकमा कांग्रेसले आफ्नो दाबी नछाड्ने बताएको महामन्त्री गगनकुमार थापाले बताए । 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० नेपालसँगको छलफलमा कांग्रेसले राष्ट्रपति उम्मेदवारीमा स्वभाविक दाबी गरेको नेता थापाले बताए । बैठकमा कांग्रेस बाहेकका दलहरुले पनि राष्ट्रपतिमा आफ्नो आफ्नो दाबी गरेको उनले जानकारी दिए । 

महामन्त्री थापाले भने,  ‘‘राष्ट्रपति निर्वाचनको विषयमा नेपाली कांग्रेस पार्टीले माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी लगायतका दलसँग छलफल गरेको छ । कहिले छुट्टै कहिले तीन दलबीच बैठक बसिरहेको छ । विभिन्न विकल्पको बारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । हामी टुङ्गोमा पुग्नेछौँ । थप छलफल गर्न आवश्यक छ भनेर भनेका छौँ ।’’

उनले प्रस्तावमा आएका नामहरुका बारेमा दलले आ–आफ्नो पार्टीमा छलफल गरी अहिले ५ बजे बैठक बस्ने सहमति भएको बताए । 

बिहान बसेको बैठक ‘साँझ ५ बजे बस्नेगरी सकिएको हो । दिउँसो स्थगित भएको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार नै पुगेर प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ