arrow

‘रंग फेर्ने प्रतियोगितामा छेपारोले प्रचण्डसँग हार्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
Gokul-Baskota.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले रंग फेर्ने प्रतियोगितामा छेपारोले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हार्ने टिप्पणी गरेका छन् ।

एमालेसँग सहमति तोडेर राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिएपछि एमाले नेता बाँस्कोटाले सो टिप्पणी गरेका हुन् ।

‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ,’ बाँस्कोटले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ । अब सरकारमा कथित वामपन्थी सहकार्य समाप्त भयो ।’

एमालेसँग १० पुसमा भएको सहमति तोडेर अघि बढेका प्रचण्डप्रति आक्रोशित बाँस्कोटाले एमालेले अब आफनै लयमा हिडनु पर्ने पनि बताएका छन् । ‘एमाले  आफ्नै लयमा अघि बढ्नु पर्छ। उत्साह र आशा दुवै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ