arrow

मस्कको स्पेस एक्स इतिहास रच्ने तयारीमा, आज चार जनाको टोली अन्तरिक्षमा जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
nasa-spacex.png

काठमाडौं।  अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले आज अन्तरिक्षमा अर्को इतिहास रच्ने तयारीमा छ ।

चार जना अन्तरिक्ष यात्रीको टोली सोमबार नेपाली समय अनुसार १२ बजे अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) जानका लागि उड्ने तयारीमा छन्।

अन्तरिक्ष यात्रीहरूको टोली ६ महिनासम्म आईएसएसमा रहनेछ। सो समय  अन्तरिक्ष यात्रीहरूले हार्ट मसल टिशू, माइक्रोग्रेभेटिमा मानव सेल र टिशू लाई  प्रिन्ट गर्ने बायोप्रिंटरको परीक्षण गर्नेछन् ।  

यससँगै उनले औषधि उत्पादन प्रविधिमा पनि अनुसन्धान गर्नेछन् ।

नासाको यो मिसनलाई स्पेस एक्स क्रु ६ नाम दिइएको छ । चार सदस्यीय चालक दल स्पेस एक्सको फाल्कन ९ रकेटबाट अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछ।

यो रकेटबाट नासाका २, रुसका १ र संयुक्त अरब इमिरेट्स (युएई)का १ जना अन्तरिक्ष यात्री आईएसएसमा जान्छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ