arrow

टर्किएमा फेरि गयो शक्तिशाली भूकम्प: मृत्यु र कयौं घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
earthquake-turkeye.jpg

काठमाडौं। पूर्वी टर्कीमा ५.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । केही क्षतिग्रस्त भवनहरू भत्किएका छन् ।

सोमबारको भूकम्प दक्षिणी टर्कीलाई हल्लाउनको लागि अर्काे सबैभन्दा ठूलो भूकम्प बनेको छ। यो क्षेत्रमा पहिले नै गएको ठूलो भूकम्पबाट दक्षिणी टर्की र उत्तरपश्चिम सिरियामा५० हजार बढी मानिसको ज्यान लिएको थियो ।

भर्खरैको भूकम्प मलात्या प्रान्तको येसिल्युर्ट सहरमा केन्द्रित थियो। देशको विपद् व्यवस्थापन एजेन्सी (एएफएडी) ले फेब्रुअरीमा यस क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु कहरामनमारसमा एउटा कारखाना भत्किँदा एक जनाको मृत्यु भएको र अन्य ६९ जना घाइते भएको जनाएको छ ।

येसिल्युर्टका मेयर मेहमेट सिनारले ह्याबरटर्क टेलिभिजनसँग बोल्दै शहरका धेरै भवनहरू ध्वस्त भएको र एउटा चार तले भवन पनि भत्किएको र त्यहाँ एक बुबा र छोरी फसेको बताएका छन् ।

मेयर सिनारले ती जोडी सामान लिन क्षतिग्रस्त भवनमा प्रवेश गरेको बताएका छन् । एएफएडीले पछिल्लो भूकम्पपछि मालत्यामा ३२ जनालाई बचाइएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ