arrow

सरकारमा नजाने घोषणा गर्दै खड्का भन्छन् – मलाई अन्याय नगरिदिनुहोस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा सहभागी नहुने घोषणा गरेका छन् । पूर्णबहादुर खड्का र गगन थापाको जोडीले आठ दलीय गठबन्धनका लागि निकै नै मेहनत गरेका थिए । सोही आधारमा उनको नाम सरकारमा जान सक्ने नेतृत्वकर्ताको रुपमा आएको थियो । 

त्यसलाई पूर्णरुपले अस्वीकार गर्दै नेता खड्काले आफू उक्त दौडमा नरहेको जनाएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लैख्दै उनले आफ्नो कुनै पनि व्यक्तिगत दाबी कुनै कुरामा नभएको स्पष्ट पारेका छन् । 

उनले सामाजिक सञ्जालमा शुरु गरिएका बहसलाई अघि बढाएर आफूलाई अन्याय नगर्नसमेत आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘पुस१० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ । 

अब मेरो दाबी कुनै कुरामा छैन । मेरो नाम अरुसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक संजालमा बहसको विषय बनाएर मलाई अन्याय नगरिदिनुहोस् सबैमा अनुरोध ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ