arrow

निधी भन्छन् – राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने दलको संख्या बढ्दैछ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
bimalendra-nidhi-2079-11-16.jpg

सप्तरी । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका छन् । 

नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको बताए । 

९ वटा दलले समर्थन गरिसकेकोले कांग्रेस नेता पौडेल राष्ट्रपति बन्नेमा ढुक्क रहेको उनको भनाइ छ । पञ्चायतकालमा पञ्चायत विरूद्धमा समाचार लेख्दा आक्रमण हुने गरेको स्मरण गर्दै उनले सरकार र जनताको बीचको संवाद पुर्याउने काम पत्रकारले नै गर्दै आएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ