arrow

भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी टर्किएबाट फर्किए

logo
सिन्ह्वा,
प्रकाशित २०७९ फागुन १७ बुधबार
turkey-syria-earthquake.jpg

अङ्कारा । टर्किएका रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थीहरू यहाँ गएको शक्तिशाली भूकम्पपछि स्वेच्छाले स्वदेश फर्किएको टर्किएका रक्षामन्त्री हुलुसी अकारले मङ्गलबार जानकारी दिएका छन् ।

यही फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्किएमा “आफ्ना घर, बालबालिका र आफन्त गुमाएका” सिरियालीहरू स्वदेश फर्किरहेको दक्षिणी हाते प्रान्तमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हुलुसीले मङ्गलबार जानकारी दिएका छन् ।  

सन् २०११ मा गृहयुद्ध सुरु भएपछि आफ्नो देशबाट भागेका लगभग ३५ लाख सिरियाली शरणार्थीहरू टर्किएमा रहेका छन् । लगभग आधा शरणार्थीहरूले विनाशकारी भूकम्पबाट प्रभावित दक्षिणी टर्किएमा शरण लिएका छन् ।

टर्किए सरकारले गत वर्ष सिरियाली शरणार्थीहरूलाई आफ्नो मातृभूमिमा पूर्णरूपमा फर्कन प्रोत्साहित गर्न दुई छिमेकी देशबीचको राउन्डट्रिप गर्न अस्थायी सुरक्षा अनुमतिका साथ प्रतिबन्ध लगाएको थियो । त्यसपछि सरकारले भूकम्पपछि शरणार्थीहरूका लागि आवतजावत गर्ने यात्रा प्रतिबन्धलाई पनि खुकुलो बनाएको छ ।  

फेब्रुअरी ६ मा टर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ रेक्टर स्केलको भूकम्पपछि टर्किए र सिरियामा ४६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ