arrow

भोट माग्दै नेम्वाङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
subash-nembang-illam-2-uml-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रपतिमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज विभिन्न दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । एमालेबाट विभाजित भएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । 

बिहान ११ बजे एकीकृत समाजवादीको पार्टी कार्यालयमा अध्यक्ष नेपाललाई भेट्न उम्मेदवार नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरु जाने भएका छन् ।

त्यसैगरी दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति रवि लामिछानेलाई पार्टी कार्यालय बसुन्धरामा भेट्ने भएका छन् । त्यहाँ  नेम्वाङसहित पार्टी सचिव योगेश भट्टराई लगायतका नेताहरु सहभागी हुनेछन् । दिउँसो साढे २ बजे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेम्वाङसहित योगेश भट्टराई लगायतका नेताहरुले भेटघाट गर्नेछन् ।

नेकपा एमाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न विभिन्न दलका नेताहरुसँग भेटघाट कार्यक्रम गर्न लागेको हो । गत पुस १० गते एमालेसहितका दलसँग गठबन्धन गरी सरकारको नेतृत्व गरेको माओवादी केन्द्र अहिले फेरि नेपाली कांग्रेससहितका दलको गठबन्धनमा छ । 

कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवाद, लोसपा, नागरिक उन्मुक्त पार्टी,  र जनमोर्चासहितको नयाँ गठबन्धन बनेपछि राजनीतिक समीकरण फेरिएको छ । 

यसको असर राष्ट्रपति निर्वाचनामा पर्ने भएको छ । सरकारमा पनि असर परेका कारण एमाले, राप्रपा, रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । 

एमालेले संघीय संसदमा प्रतिनिधित्व गरेका कांग्रेसबाहेकका दलहरूलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा नेम्वाङको पक्षमा भोट मागेको छ । कांग्रेसले भने एमालेसहित १३ दललाई पत्र पठाएर राष्ट्रपति पौडेललाई मतदान गर्न आग्रह गरेको छ । 

गठबन्धनमा रहेका आठ दलसँग राष्ट्रपति निर्वाचित हुन आवश्यक पर्नेभन्दा पाँच हजार बढी मत छ । अहिले एमाले उम्मेदवार नेम्वाङको पक्षमा उनको पार्टी मात्र देखिएको छ । 

यस आधारमा निर्वाचनमा पौडेल विजयी हुनेमा त्यति शंका छैन । राष्ट्रपति निर्वाचनलाई लिएर अहिलेसम्म कतै नखुलेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको मत आफ्ना उम्मेदवार नेम्वाङलाई आउने एमालेको बुझाइ रहे पनि रास्वपाले आफ्ना सांसदलाई स्वतन्त्र छोड्ने बताउँदै आएको भए पनि निर्णय भने गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ