arrow

चन्द्र भण्डारीको कलमी छालाले दियो राम्रो प्रतिक्रिया 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
chandra-bhandari-health.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीको स्थास्थ्यमा उल्लेख्य सुधार आएको छ । अस्पतालले बिहीबार साँझ ६ः३० बजे जारी गरेको पछिल्लो अपडेटअनुसार कलमी छालाले राम्रो प्रतिक्रिया दिएसँगै स्थिति अझ राम्रो देखिएको हो । 

उनमा हल्का संक्रमण नोट गरिएपछि एन्टिबायोटिक दिइएको छ । जसको राम्रो प्रभाव परेको चिकित्सकले बताएका छन् । 

सबै स्वास्थ्य प्यारामिटरहरू सामान्य छन् र ज्वरो आएको छैन । आज दिउँसो ड्रेसिङ गरिएको थियो ।

उच्च हेरचाहको लागि डिलक्स इकाइमा सारिएको छ। आजदेखि ठोस खाना दिन पुनः शुरु गरिएको छ ।

दुई सातादेखि डा. भण्डारीको सो अस्पतालमा उपचार भइरहेको छ । 

दुई साताअघि उनको काठमाडौं घरमा ग्यास लिक भएर आगलागीमा परी उनी जलेका थिए । सोही घटनामा परी उनकी आमाको निधन भएको थियो । डा. भण्डारीको तीस प्रतिशतसम्म शरीर जलेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ