arrow

अन्तर्घात आरोपमा जसपा समितिले गर्‍यो ८० लाई कारबाही सिफारिस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २० शनिबार
jasapa-karbahai-sifaris.jpg

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो । 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो । कारवाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन् । 

जसमध्ये ८० जनालाई कारबाहीको सिफारिस गरिएको छ । छानबिन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो । गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्य पनि कारवाहीको लागि सिफारिस गरिएको छ । 

शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९ औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ